गण्डकीका तीन जिल्लाका थप २२ जनामा कोरोना संक्रमण

गण्डकीका तीन जिल्लाका थप २२ जनामा कोरोना संक्रमण

corona covid gandaki

पोखरा – बिहिबार गण्डकीमा थप २२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला नवलपुर, तनहुँ र गोरखाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा नवलपुर कावासोती नगरपालिका ५ का २५ वर्षीय पुरुष, कावासोती २ का २२ वर्षीया महिला र ३८ र ३० वर्षीय पुरुष, कावासोती ५ का ४० वर्षीय पुरुष र ८ का २४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्लाको देवचुली गाउँपालिका १ का २५ वर्षीय पुरुष, गैंडाकोट नगरपालिका ४, २, ८, १२, ९, १ र १० का विभिन्न उमेर समुहका महिला पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यता गोरखाको गोरखा नगरपालिका र सिरानचोक नगरपालिका क्रमसः ८ र ३ नम्वर वडाका २१ वर्षीया महिला र ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै तनहुँ ऋषिङ गाउँपालिका १ का ३३ वर्षीय पुरुष, व्यास नगरपालिका ८ का ४० वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका (वडा नखुलेको) २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गोरखा बारपाक सुलिकोटका १९ वर्षिया महिला र नवलपुर गैंडाकोट ५ का ६५ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयको विवरणमा उल्लेख छ ।

संक्रमित सबैजना अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार १ सय ९५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ