पोखराका ११ जना सहित थप १५ जनामा कोरोना पुष्टि

पोखराका ११ जना सहित थप १५ जनामा कोरोना पुष्टि

pokhara

पोखरा – स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहिबारको दोस्रो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप १५ जना कोरोना संक्रमण पुष्टि भएको छ।

लाईफ केयर डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ११ जना सहित तनहुँ जिल्लाका ४ जनामा कोरोंस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं ४ का ३६ वर्षीय पुरुष र अर्का एक उमेर नखुलेकी महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै पोखरा – १० का १ वर्षीया वालिका सहित १० र १३ वर्षीया किशोरी, पोखरा – १७ का ५३ वर्षीय पुरुष, पोखरा – १२ का ३८ वर्षीया महिला, पोखरा – ११ का ३९ वर्षीया महिलार ४० वर्षीय पुरुष, पोखरा -३ का ४० वर्षीय पुरुष र पोखरा – २ का ६५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उता तनहुँको भिमाद नगरपालिका -६ का ३७ वर्षीय पुरुष, भिमाद -८ का ६२ वर्षीय पुरुष, व्यास नगरपालिका -५ का ३६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका -४ का २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विवरणमा उल्लेख छ । संक्रमितहरु सबै उक्त ल्यावमा कोरोना परीक्षणका लागि आएका हुन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ