तनहुँका ७ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका ७ जनामा कोरोना संक्रमण पुष्टि

corona

तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको व्यास नगरपालिकामा २, भिमाद नगरपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिकामा २ जना र ऋषिङ गाउँपालिकामा १ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको व्यास-८ का ४० वर्षीय पुरुष र व्यास-५ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै भिमाद-६ का ३७ वर्षीय पुरुष र भिमाद-८ का ६२ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

यसैगरी शुक्लागण्डकी-४ का ३७ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै ऋषिङ-१ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ