अन्नपूर्ण अस्पतालका ३ जना स्टाफ नर्ससहित पोखराका थप ३० जनामा कोरोना पुष्टि

अन्नपूर्ण अस्पतालका ३ जना स्टाफ नर्ससहित पोखराका थप ३० जनामा कोरोना पुष्टि

pokhara corona update 1

पोखरा – गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहिबार अद्यावधिक चौथो विज्ञप्ति अनुसार प्रदेशका दुई जिल्ला कास्की र तनहुँका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा, कास्कीको पोखरामा मात्र ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्वर -६ का ५० र ३७ वर्षका पुरुष, पोखरा – १५ का ४१ वर्षीया महिला, पोखरा १७ का २२ र ५७ वर्षीय पुरुष र १७ वर्षीया महिला, पोखरा – ३१ का ३१ वर्षीय पुरुष, पोखरा – १५ का ४१ र १५ वर्षीय पुरुष र ५२ र ४१ वर्षीया महिला,पोखरा – १२ का ६८ र ४६ वर्षीय पुरुष र ७० वर्षीया महिला, पोखरा  -१३ का २४ र २० वर्षीया महिला र २५ र ३७ वर्षीय पुरुष, पोखरा -१० का २९, २० वर्षीया महिला र २५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ  ।

यस्तै पोखरा -७ का २१ र २७ वर्षीया महिला, पोखरा – ११ का ५५ वर्षीय पुरुष, पोखरा – १ का ३८ वर्षीय पुरुष, पोखरा -३ का २९ वर्षीय पुरुष, पोखरा – ८ का ५५ वर्षीय पुरुष, पोखरा -५ का ५५ वर्षीय पुरुष, पोखरा – १४ का  ५२ वर्षीय पुरुष र वडा नखुलेको एकजना ४० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  ।

संक्रमितहरु सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका हरु हुन् । जसमध्ये पोखरा – १०, ७ र १३ नम्वर वडाका क्रमसः २०, २१, र २० वर्षीया महिला अन्नपूर्ण अस्पतालमा कार्यरत स्टाफनर्स हुन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितहरुको कूल संख्या ६ हजार २ सय ५४ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ