बिहिबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

बिहिबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

corona

काठमाण्डौ – नेपालमा ३६३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६३७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ४८हजार ५०९ रहेको छ । संक्रमित मध्ये एक लाख २ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ