पूर्वी नवलपरासीको प्रमुख जिल्ला अधिकारी पंगेनी र प्रहरी नायव उपरीक्षक खांणमा कोरोना पुष्टि

पूर्वी नवलपरासीको प्रमुख जिल्ला अधिकारी पंगेनी र प्रहरी नायव उपरीक्षक खांणमा कोरोना पुष्टि

nawalpur-cdo-dsp

कमला राना, नवलपुर । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइ तथा प्रहरी नायव उपरीक्षक मोहन बहादुर खांणलाई कोरोना संक्रमण देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी पंगेनी भट्टराइले केही लक्षण देखिएपछि गत सोमवार स्वाव दिनुभएको थियो । सुरुमा केही उच्च ज्वरो र टाउको तथा खुट्टा दुख्ने गरेपनि अहिले भने स्वास्थ्य अवस्था सामान्य रहेको विजय उहांले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अन्य १२ जना सुरक्षाकर्मीमा समेत कोरोना भाइरस पुष्टि भएको छ । डिएसपी खाँणको चितवनमा उपचार भईरहेको छ भने अन्य सुरक्षाकर्मीको रजहरको प्राकृतिक चिकित्सालयमा उपचार भईरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी गराउनु भएको छ ।

विहीबार नवलपुरमा १६ जनामा संक्रमण पुष्टि भएसगै हाल नवलपुरमा संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ ।

नवलपुरमा अहिले सम्म पुष्टी भएका १ हजार ४ सय ३७ जना संक्रमित मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ