पोखरा – स्वास्थ्य निर्देशनालयको शुक्रवार बिहानको दोस्रो र तेस्रो विज्ञप्ति अनुसार गण्डकीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा पूर्वी नवलपरासी जिल्लाका कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र बौदिकाली गाउँपालिकाका बिभिन्न वडाका २१ देखी ७७ वर्ष उमेर समुहका महिला पुरुष गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखाको गोरखा नगरपालिका -४ का २२ वर्षीय पुरुष, गोरखा शहिदलखन गाउँपालिका – ९ का ४२ वर्षीय पुरुष, पर्वत बिहादी गाउँपालिका -४ का ४५ वर्षीया महिला, कास्की अन्नपूर्ण गाउँपालिका -३ का २३ वर्षीया महिला, लमजुङ बेशीसहर -१ का २५ वर्षीय पुरुष र राईनास गाउँपालिका -८ का १९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यस्तै स्वास्थ्य निर्देशनालयद्वारा जारी शुक्रवारको तेस्रो विज्ञप्तिमा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुर गैंडाकोट नगरपालिका -९ का २७ वर्षीय पुरुष र कावासोती नगरपालिका -१३ का २६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा व्यस्थापन गर्ने तयारी भैरहेको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार ३ सय नौ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?