तनहुँमा ७८ वर्षीया वृद्धासहित ३ जना कोरोना संक्रमित थपिए

तनहुँमा ७८ वर्षीया वृद्धासहित ३ जना कोरोना संक्रमित थपिए

Corona

तनहुँ । तनहुँमा ३ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको भिमाद नगरपालिकामा १ जना, व्यास नगरपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको हो ।

भिमाद-४ का ७८ वर्षीया महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै व्यास नगरपालिकाको वडा नखुलेको ३९ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ