पोखरा । गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको नवलपुरमा १६ जना, गोरखामा २ जना, कास्कीमा १ जना र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नवलपुरको कावासोती-८ का ४५ वर्षीय पुरुष र कावासोती-९ की २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै गैडाकोट-२ का ३१ वर्षीय पुरुष, गैडाकोट-४ का ४४ वर्षीय पुरुष, गैडाकोट-११ का ८० वर्षिय पुरुष, गैडाकोट-५ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
यस्तै देवचुली-१२ का ३५, ६६ वर्षीय पुरुष, देवचुली-७ का २० वर्षीय पुरुष, देवचुली-१७ का २६,२१, ४९ वर्षीय पुरुष, देवचुली-१० का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी मध्यबिन्दु-१२ का ३० वर्षीय पुरुष, मध्यबिन्दु-८ का २९ वर्षीय पुरुष र मध्यबिन्दु-६ का ४२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै गोरखाको पालुङटार-२ की ३४ वर्षिया महिला र पालुङटार-९ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका-१६ का ४५ वर्षीय पुरुष र तनहुँको आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण