नवलपुरका १६ जनासहित गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरका १६ जनासहित गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्टि

Gandaki covid corona 3

पोखरा । गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको नवलपुरमा १६ जना, गोरखामा २ जना, कास्कीमा १ जना र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपुरको कावासोती-८ का ४५ वर्षीय पुरुष र कावासोती-९ की २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै गैडाकोट-२ का ३१ वर्षीय पुरुष, गैडाकोट-४ का ४४ वर्षीय पुरुष, गैडाकोट-११ का ८० वर्षिय पुरुष, गैडाकोट-५ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै देवचुली-१२ का ३५, ६६ वर्षीय पुरुष, देवचुली-७ का २० वर्षीय पुरुष, देवचुली-१७ का २६,२१, ४९ वर्षीय पुरुष, देवचुली-१० का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी मध्यबिन्दु-१२ का ३० वर्षीय पुरुष, मध्यबिन्दु-८ का २९ वर्षीय पुरुष र मध्यबिन्दु-६ का ४२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै गोरखाको पालुङटार-२ की ३४ वर्षिया महिला र पालुङटार-९ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१६ का ४५ वर्षीय पुरुष र तनहुँको आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ