पोखरा – पोखरामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ निर्देशनालयद्वारा जारी पहिलो, दोस्रो विज्ञप्तिमा क्रमसः १ र ४ जनामा कोरोना पुष्टि भैसकेको छ । भने, निर्देशनालयद्वारा अद्यावधिक तेस्रो र चौथो विज्ञप्तिमा क्रमस: १४ र ३८ गरी ५२ जनामा कोरोना पुष्टि भएको छ ।
तेस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १० मा -५८ वर्षीय पुरुष, पोखरा – १२ मा ५० वर्षीय पुरुष र वडा नखुलेको ६५, ५२, ६०, ६७, २६, २६ वर्षका महिला र ५६, ४२, ४२, ६७, २७ र ३९ वर्षका पुरुषमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै निर्देशनालयको चौथो विज्ञप्तिमा पोखरा महानगरका ३८ जनामा कोरोना पुष्टि भएको छ ।
लाईफ केयर डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ४, ७, १०, ११, १२, ६, ३१, १७, ९, ३, १५, १, १३, ८, २९, १६, र १४ नम्वर वडाका २४ देखी ७६ वर्ष उमेर समुहका महिला पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।संक्रमितहरु फिभर क्लिनिक र कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
अहिलेसम्म गण्डकीमा कूल कोरोना संक्रमितको संख्या ६ हजार चार सय ५१ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ