गण्डकीमा शनिवार ६ जिल्लाका १०८ जनामा कोरोना पुष्टि

गण्डकीमा शनिवार ६ जिल्लाका १०८ जनामा कोरोना पुष्टि

Gandaki-Map copy

पोखरा – स्वास्थ्य निर्देशनालयद्वारा शनिवार जारी चारवटा विज्ञप्तिमा प्रदेशका ६ जिल्लाका १०८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमितहरु कास्की, तनहुँ, गोरखा, नवलपुर, पर्वत र बाग्लुङ जिल्लाका छन् । जसअनुसार कास्कीमा आज ५७ जना, तनहुँमा ११ जना, गोरखामा ३ जना, नवलपुरमा २५ जना, पर्वतमा ११ जना र बाग्लुङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या छ हजार ४५९ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४७७ पुगेको छ । प्रदेशमा तीन हजार ८१५ जना कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ