नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

IMG_5668

काठमाण्डौ – पछिल्लो चौबिस घन्टामा नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धी दैनिक अद्यावधिक विवरण अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । हाल ४६ हजार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै, कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ