कोरोना संक्रमणका कारण पोखराका ३ जना पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण पोखराका ३ जना पुरुषको मृत्यु

corona death

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा -१ का ४२ वर्षीय पुरुष, पोखरा -२२ का ६८ वर्षीय पुरुष र पोखरा -३१ का ५८ वर्षीय पुरुष रहेका छन्   ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा -१ का ४२ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा कार्तिक ७ गते वेलुका ७: ४५ बजे मृत्यु भएको हो ।न्यूमोनियाको समस्या रहेका उक्त पुरुष गत असोज ३० गते अस्पताल भर्ना भएकोमा कार्तिक ७ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै पोखरा -२२ का ६८ वर्षीय पुरुषको कार्तिक ८ गते बिहान ९:३० बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।  कार्तिक ६ गते कोरोना पुष्टि भइ कार्तिक ७ गते अस्पताल भर्ना भएका उनमा पनि न्यूमोनियाको समस्या रहेको उपचारमा संग्लग्न चिकित्सकले बताएका छन् ।

यस्तै पोखरा पोखरा – ३१ का ५८ वर्षीय संक्रमित पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारका क्रममा कार्तिक ८ गते ४:२५ बजे मृत्यु भएको छ  । कार्तिक ७ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका उक्त पुरुष न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको रोगी रहेको बुझिएको छ ।

संक्रमित तीनैजनाको शव व्यवस्थापन गरिसकिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds