पोखराकी कोरोना संक्रमित महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु

पोखराकी कोरोना संक्रमित महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु

Pokhara 11

तस्वीरः अर्जुन बास्तोला

पोखरा – पोखरामा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालायको आइतबार बिहान प्रकाशित दोस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं – १५ निवासी ५२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारका क्रममा कार्तिक ८ गते शनिबार राती १०:२० बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले पुष्टि गरे ।

८ गते नै कोरोना पुष्टि भइ अस्पताल भर्ना गरिएकी महिला न्यूमोनियाको रोगी रहेको अस्पतालले जनाएको छ ।

यसअघी निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार पोखराका तीनजना पुरुषको मृत्यु भैसकेको छ ।

हाल मृतको शव व्यवस्थापनको तयारी भैरहेको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds