नेपालमा थप दुई हजार ८५६ संक्रमित थपिए, पांच जनाको मृत्यु

नेपालमा थप दुई हजार ८५६ संक्रमित थपिए, पांच जनाको मृत्यु

122726337_1018189562002896_9076019202474392600_o

काठमाण्डौ – नेपालमा कोरोनाभाइरसका दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५८ हजार ८९ पुगेको छ । हाल ४५ ह्जार ५७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै, कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ