वडा प्रहरी कार्यालय बगरका ३१ जना प्रहरी सहित पोखराका १०१ जनामा कोरोना पुष्टि

वडा प्रहरी कार्यालय बगरका ३१ जना प्रहरी सहित पोखराका १०१ जनामा कोरोना पुष्टि

pokhara corona update

पोखरा – सोमबार पोखराका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बिहानको छैठौ विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ट्राफिक प्रहरी ५ जना, पोखरा -१३ का २ जना पुरुष र १ महिला, नेपाल प्रहरी वडा प्रहरी कार्यालय बगरमा कार्यरत ३१ जना प्रहरी, पोखरा -८ का ४ जना पुरुष, पोखरा -९ का ४ जना पुरुष र २ जना महिला, पोखरा -२६ का २ जना पुरुष र १ महिला, पोखरा – ११ का २ जना पुरुष, पोखरा -१७ का  ८ जना पुरुष र १ महिला, पोखरा -५ का १ महिला र ३ जना पुरुष, पोखरा २७ का १ पुरुष, पोखरा -१० का ४ जना पुरुष र ३ जना महिला, पोखरा – ३२ का ५ जना पुरुष र १ महिला, पोखरा -७ का १ महिला र १ पुरुष, पोखरा -२० का १ पुरुष, पोखरा -१५ का ३ महिला र १ पुरुष, पोखरा -१४ का ३ जना पुरुष, पोखरा -१२ का २ महिला र १ पुरुष, पोखरा – १६ का १ महिला र १ पुरुष, पोखरा -६ का १ पुरुष र वडा नखुलेको ४ जना पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज पुष्टि सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्  । उनीहरुलाई आइसोलेसनमा        व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds