पछिल्लो २४ घन्टामा १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना संक्रमण मुक्त

Untitled

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अद्यावधिक अपडेट अनुसार ५ हजार ६ पीसीआर परीक्षण गरिएकोमा १०६४ पुरुष र ६७७ महिला गरि १७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा ४००५ जना संक्रमित निको भएका छन् । भने, १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो संगै, नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ