गण्डकीमा कोरोना : थप १०२ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

गण्डकीमा कोरोना : थप १०२ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

Gandaki covid corona 4

पोखरा – गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७०४७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा विहीवार जारी पहिलो, दोस्रो, तेस्रो,चौथो, पाँचौं र छैठौ विज्ञप्तिमा क्रमसः ३५, १२, ९, २२, ८ र १६ जना गरी प्रदेशका ७ जिल्लाका १०२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित रहेका जिल्लामा कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, पर्वत र म्याग्दी रहेका छन् । जसमा कास्कीमा सबैभन्दा धेरै ४६ जना, तनहुँमा ९ जना, गोरखामा २७ जना, लमजुङमा १ जना, नवलपुरमा १२ जना, पर्वतमा २ जना र म्याग्दीमा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै आज नै गण्डकीमा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठापनमा पोखराकी ३६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा गत कार्तिक ५ गते कोरोना पुष्टि भई भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -१३ कि महिलाको आइसियुमा उपचारका क्रममा बुधबार राती ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

यस्तै तेस्रो विज्ञप्ति अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं -६ निवासी ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको उल्लेख छ । कार्तिक १२ गते बुधबार कोरोना पुष्टि भई चरक मेमोरियल अस्पतालको आइसियुमा  भर्ना भएका संक्रमितको उपचारका क्रममा विहीवार ६:१५ बजे मृत्यु भएको हो ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका – १६ का ४२ वर्षीय पुरुष र ३९ वर्षीया महिला र कास्की मादी गाउँपालिका वडा नखुलेको १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्वत मोदी गाउँपालिकाका ५५ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिकास्थित रहूगंगा हाईड्रोपावरमा कार्यरत ५५, ४१ र ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने, नेपाल प्रहरीमा कार्यरत २५ वर्षीय पुरुष र बेनी अस्पतालमा कार्यरत २७ वर्षीय महिला स्वास्थ्यकर्मीको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यता गोरखा जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ  । जिल्लाको अजिरकोट गाउँपालिका -३ का ४०, २३, २४, ३९ र २७ पुरुष र अजिरकोट -४ का ४० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै जिल्लाको पालुङटार नगरपालिका ३ का ४५ वर्षीय पुरुष, वडा नं -१ का २९ वर्षीया महिला र वडा नं -५ का १९ र ४१ वर्षीया महिला र १८ र २२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै सदरमुकाम गोरखा नगरपालिका वडा नं -१३, १२, १०, ६, १, ८ र वडा नखुलेको १ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार कास्की र तनहुँमा गरी थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं – ११ का ३२ वर्षीय पुरुष, कास्की रुपा गाउँपालिका वडा नखुलेको ३८ र ३६ वर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका वडा नखुलेको ४२ र ५३ वर्षीय पुरुष र ४१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै तनहुँको ऋषिङ गाउँपालिका वडा नं -१ का ४ जना पुरुष र १ महिला तथा वडा नं -८ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।  संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

यस्तै निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

वि.पी कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा तनहुँ देवघाट गाउँपालिका -५ का ४२ वर्षीय पुरुष सहित नवलपुर देवचुली नगरपालिका वडा नखुलेको २ जना पुरुष र गैंडाकोट नगरपालिका वडा नं -१३ र -२ का क्रमसः ३२ वर्षीया महिला, ३० वर्षीय पुरुष तथा विनयत्रिवेणी गाउँपालिका -२ का ७७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ  ।

यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा लमजुङ बेशिसहर नगरपालिका -११ का ३० वर्षीया महिला र गोरखा पालुङटार नगरपालिका -९ का ४२ र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै निर्देशनालयको चौथो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा -५ का ३७ र २९ वर्षीय पुरुष, पोखरा -९ का ३८ वर्षीय पुरुष, पोखरा -१५ का २२ वर्षीय पुरुष र १५ वर्षीया किशोरी, पोखरा -३ का ३४ र ३१ वर्षीय पुरुष, पोखरा -८ का २८ वर्षीय पुरुष, पोखरा -२ का ४५ वर्षीय पुरुष, पोखरा – २९ का  ७७ वर्षीया महिला, पोखरा -१० का २८ वर्षीय पुरुष र २४ र ५२ वर्षीया महिला, पोखरा -६ का ३४, २२ र २९ वर्षीय पुरुष, पोखरा -१७ का ४१ र २३ वर्षीय पुरुष, पोखरा -७ का २० वर्षीय पुरुष र वडा नखुलेको ४०, ११ र ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ ।

संक्रमित सबै अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यस्तै निर्देशनालयद्वारा जारी पाँचौं विज्ञप्ति अनुसार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वि.पी कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा कास्की पोखरा महानगरपालिका-१७ का ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।    भने, नवलपुर     कावासोती नगरपालिका – ९ का ३ जना, वडा नखुलेको २ जना र गैंडाकोट नगरपालिका वडा नं -७ र वडा    नं -८ का १/१  जना महिला पुरुषमा कोरोना पुष्टि भएको छ ।

संक्रमितहरु उक्त अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यस्तै निर्देशनालयको विहीवार प्रकाशित छैठौ तथा अन्तिम विज्ञप्ति अनुसार कास्कीको पोखर  महानगरपालिकामा १४ र तनहुँको शुक्लागण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ ।

२४ वर्षीय पुरुष, पोखरा -५ का १९ र २५ वर्षीय पुरुष, पोखरा ९ का ३६ वर्षीय पुरुष र ६२ वर्षीया महिला, पोखरा – २१ का ३५ वर्षीय पुरुष, पोखरा -१६ का ५६ वर्षीय पुरुष, पोखरा – ४ का ३२ वर्षीया महिला, पोखरा -१२ का २५ वर्षीया महिला, पोखरा – १५ का २८ र ३८ वर्षीया महिला, पोखरा -२६ का ३८ वर्षीया महिला र ४३ वर्षीय पुरुष र पोखरा -१३ का ५४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका -८ का १७ र २० वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमितहरु  कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ