पछिल्लो २४ घन्टामा देशभर २३६४ संक्रमित थपिए, ३०३८ कोरोना मुक्त

पछिल्लो २४ घन्टामा देशभर २३६४ संक्रमित थपिए, ३०३८ कोरोना मुक्त

122922701_1496157777440727_4160302686897184398_n

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर कोरोनाभाइरसका दुई हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयको कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै, कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या ९०४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ