बाग्लुङ गलकोटका ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

बाग्लुङ गलकोटका ७२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

corona death

File Photo.

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड -१९ उपचार केन्द्रमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत कार्तिक ८ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएका बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं -३ निवासी ७२ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार साँझ ५ :०५ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

न्यूमोनिया र हाईपरटेन्सन लगायतका समस्याबाट पीडित उक्त पुरुषको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ