शुक्रबार बिहानै पोखराका ६० सहित गण्डकीमा थप ९८ जनामा कोरोना पुष्टि

शुक्रबार बिहानै पोखराका ६० सहित गण्डकीमा थप ९८ जनामा कोरोना पुष्टि

corona-Update

पोखरा – शुक्रबार बिहानै पोखराका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य निर्देशानालयाद्वारा जारी आज बिहानको पहिलो, दोस्रो र तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरका ६० जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा -१७ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै दोस्रो विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा पोखरा महानगरपालिका वडा नं -९ का २९ वर्षीय पुरुष र ३१ र ४४ वर्षीय महिला, पोखरा -८ का ७ वर्षीय बालक र ७० वर्षीय पुरुष सहित २० वर्षीया महिला, पोखरा -३ का ५२ वर्षीय पुरुष, पोखरा -१६ का १८ वर्षीय युवक सहित ३२ र ६० वर्षीय पुरुष, पोखरा -२ का ४३ वर्षीया महिला, पोखरा – १७ का ७५ वर्षीय पुरुष र ४६ र ४० वर्षीया महिला, पोखरा -३ का ५७ वर्षीय पुरुष, पोखरा -४ का ३३, ३४ र ३८ वर्षीया महिला र ३७ र ३० वर्षीय पुरुष, पोखरा -५ का ३८ वर्षीया महिला, पोखरा -१२ का २४ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पोखरा -२७ का २९ वर्षीया महिला, पोखरा -१५ का २९, ५०, २३ र ३७ वर्षीय पुरुष, पोखरा -६ का ८९ वर्षीय पुरुष, पोखरा -७ का ५०, ४७ र ३७ वर्षीय पुरुष र २० वर्षीया युवती, पोखरा -१८ का ८१ वर्षीय पुरुष, पोखरा -२६ का २८ वर्षीया महिला, पोखरा -१ का ४५ वर्षीय पुरुष, पोखरा -२५ का ६४ वर्षीय पुरुष, पोखरा -१८ का ४३ वर्षीय पुरुष र पोखरा -१० का ५८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै निर्देशनालयद्वारा जारी तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -११ का ३६ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । चितवन मेडिकल कलेजमा उनको कोरोना परीक्षण भएको थियो ।

यसबाहेक प्रदेशका अन्य जिल्ला लमजुङमा २, तनहुँमा ८, गोरखामा २, स्याङ्गजामा ३, पर्वतमा १ र पूर्वी नवलपरासीमा २२ गरी प्रदेशभर ९८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । यो संगै, गण्डकीमा कोरोना संक्रमित कूल संख्या ७१४५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds