पोखराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

corona covidd

पोखरा – पोखराका ६ जना सहित गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण  भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी शुक्रबारको चौथो विज्ञप्ति अनुसार प्रदेशका ६ जिल्ला म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्गजा र तनहुँका थप १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -२५ निवासी ४३ वर्षीय पुरुष, पोखरा -१७ का १७ वर्षीय किशोर, पोखरा -१४ का ५८ वर्षीय पुरुष, पोखरा -५ का ५२ वर्षीय पुरुष र आर्मी अस्पताल पोखराका २३ र ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै अन्य जिल्लामा म्याग्दीको बेनीनगरपालिका वडा नं -७,९, ८ मा ३ जना, बाग्लुङ नगरपालिका -३ मा १ जना, पर्वतको जलजला -७ र ३ मा १ / १ जना, स्याङ्गजा पुतलीबजार नगरपालिका -३ मा १ जना र तनहुँको शुक्लागण्डकी र म्याग्देमा क्रमसः ३ र २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७१६३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds