कोरोनाको हटस्पट बन्दै पोखरा : थप ५३ जनामा संक्रमण पुष्टि, आज नै ११३ संक्रमित थपिए

कोरोनाको हटस्पट बन्दै पोखरा : थप ५३ जनामा संक्रमण पुष्टि, आज नै ११३ संक्रमित थपिए

pokhara corona update 1

पोखरा – पछिल्लो अद्यावधिक विवरण अनुसार पोखराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पाँचौं विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्र थप ५३ जनामा कोरोना पुष्टि भएको हो । आज नै यसअघिको पहिलो, दोस्रो र चौथो विज्ञप्तिमा पोखराका ६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

यो संगै, पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरामा आज ११३ जनामा कोरोना पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -८ मा  ६ जना पुरुष र ४ जना  महिला , पोखरा -२७ मा २ जना, पोखरा -१७ मा २ जना, पोखरा -१६ मा २ जना, पोखरा -२० मा १ जना, पोखरा – ११ मा ५ जना, पोखरा – ४ मा ४ जना, पोखरा -२ मा १ जना, पोखरा -१४ मा ५ जना, पोखरा -५ मा ४ जना, पोखरा – ३ मा २ जना, पोखरा -६ मा ३ जना, पोखरा – १३ मा २ जना, पोखरा – १ मा १ जना, पोखरा -१८ मा १ जना, पोखरा -२६ मा २ जना, पोखरा -७ मा २ जना, पोखरा -१९ मा १ जना, पोकाहर -१० मा १ जना, र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसबाहेक प्रदेशका अन्य जिल्ला तनहुँको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा ४, स्याङ्गजाको  पुतलीबजार नगरपालिकामा १, पर्वतको कुश्मा नगरपालिका ६ जना र लमजुङको मर्स्याङदी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ

यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२२८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ