थप ३६ जनामा संक्रमण पुष्टि, पोखरामा आजै थपिए १५५ संक्रमित

थप ३६ जनामा संक्रमण पुष्टि, पोखरामा आजै थपिए १५५ संक्रमित

Corona update 2

पोखरा – पोखरामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी छैठौ र सातौँ विज्ञप्तिमा थप ३६ जनामा संक्रमण पुष्टि हुँदा आज मात्रै पोखराका १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि निर्देशनालयको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौ र सातौँ विज्ञप्तिमा क्रमसः १, ५८, १, ६, ५३, १ र ३५ गरी जम्मा १५५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथा सातौँ विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा  महानगरपालिकाको वडा नं -१०, ५, १८, २, ११, ३, १५, ९, ८, २६, ६, ४, २५, १२, ३२, १३, ७, १४ र २ नं वडाका विभिन्न उमेर समुहका महिला पुरुष गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसबाहेक प्रदेशका थप जिल्ला बाग्लङमा १ म्याग्दीमा १, तनहुँमा २ र स्याङ्गजामा २ गरी सातौँ विज्ञप्तिमा जम्मा ४१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै, गण्डकीमा हालसम्म कोरोना संक्रमितको कूल संख्या ७२८१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ