होम आइसोलेसनमा बसेका पोखरा -१५ का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

होम आइसोलेसनमा बसेका पोखरा -१५ का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

corona died

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेका पोखराका एक पुरुषको आज बिहान मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं -१५ निवासी ८१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक पुरुष गत कार्तिक १२ गते कोरोना पुष्टि भई होम आइसोलेसनमै बस्दै आएका थिए ।

आज नै स्याङ्गजा जिल्ला वालिङ नगरपालिका वडा नं -५ निवासी ७० वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको थियो । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ