पछिल्लो २४ घन्टामा २५०८ जनामा कोरोना पुष्टि, २२६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा २५०८ जनामा कोरोना पुष्टि, २२६४ जना संक्रमणमुक्त

123414540_397698834607606_1296303429162790491_n

काठमाण्डौ – पछिल्लो २४ घन्टामा नेपालमा थप २५०८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धी पछिल्लो अद्यावधिक विवरण अनुसार ९२७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २५०८ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितसंगै नेपालामा कोरोना संक्रमितको कूल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या एक लाख ३१ हजार २२२ रहेको छ ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै, कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds