वियरको बोत्तलले टाउकोमा हान्दा पोखरा वेगनासका एक व्यक्ति गम्भीर घाइते

वियरको बोत्तलले टाउकोमा हान्दा पोखरा वेगनासका एक व्यक्ति गम्भीर घाइते

bottal-prahar

सांकेतिक तस्विर

पोखरा – पोखरामा वियरको बोत्तलले हानेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं -३१ वेगनासताल बस्ने ६१ वर्षीय शुरसिंह लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिवार बिहान अन्दाजी ११:०० बजेको समयमा शुरसिंह लामा आफ्नै घर नजिकै हिंडिरहेको अवस्थामा मदिराले लट्ठ सोही स्थान बस्ने ५० वर्षीय जुठ्ठे लामाले पछाडीबाट वियरको बोत्तलले टाउकोमा प्रहार गरेका हुन् । जुठ्ठेको प्रहारबाट बाटोमै ढल्न पुगेका घाइते लामालाई उपचारका लागि तत्काल मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ ।

घाइते लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरीको टोलीले वियर प्रहार गर्ने जुठ्ठे लामालाई  नियन्त्रणमा लिइसकेको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ