आइतबार बिहानै पोखराका १०० जनामा कोरोना पुष्टि, रुपामा पुनः भेटिए २ जना संक्रमित

आइतबार बिहानै पोखराका १०० जनामा कोरोना पुष्टि, रुपामा पुनः भेटिए २ जना संक्रमित

pokhara sankramit

पोखरा – आइतबार बिहानै पोखरा महानगरपालिकाका १०० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज बिहान जारी पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं अद्यावधिक विवरण अनुसार पोखराका थप १०० जना र कास्कीको रुपा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -५ का २८ वर्षीय पुरुष, पोखरा -९ का ४१ वर्षीय पुरुष, पोखरा -११ का ४३ वर्षीय पुरुष, पोखरा -१३ का २५ र ५०  वर्षीया महिला र वडा नखुलेको २६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ३२ जनामा संक्रमण देखिएको छ ।

संक्रमितहरु वडा नखुलेको ३५ वर्षीय पुरुष र एक महिला, पोखरा -३ का २६ वर्षीया महिला, पोखरा – ५ का ३१ र २६ वर्षीया महिला, पोखरा -६ का २९ र २३ वर्षीय पुरुषका साथै २२ र ३६ वर्षीया महिला, पोखरा – ७ का ५० वर्षीया महिला, पोखरा -१० का ३४ वर्षीया महिला, पोखरा -११ का ४३, ६५, ४३ र ४० वर्षीय पुरुष, पोखरा -१२ का ५३ वर्षीय पुरुष, पोखरा -१३ का ४६ वर्षीय पुरुष, पोखरा -१५ का ३७, ६३ र ५२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै अन्य संक्रमितमा पोखरा -१६ का २८ वर्षीय पुरुष, पोखरा- १७ का ६२ वर्षीय पुरुष, पोखरा -१९ का ४५ वर्षीय पुरुष, पोखरा -२६ का ३० वर्षीया महिला र २१, ३५, ३५, ३७, ४२, ४२ र ४३ वर्षीय पुरुष र पोखरा ३१ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै तेस्रो विज्ञप्तिमा पोखराका थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोष्टिक प्रा.लिमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नखुलेको ४१, ४२ र ४६ वर्षका पुरुष र एक ४५ वर्षीया महिला, पोखरा -२ का ६५ वर्षीया महिला, पोखरा – ४ का ४६ वर्षीया महिला, पोखरा – ५ का २१ वर्षीय युवक, पोखरा -६ का ६४, २५ र ४३ वर्षीय पुरुषका साथै २५ वर्षीय महिला, पोखरा -७ का ३१ र ६२ वर्षिया महिला र ६८ वर्षीय पुरुष, पोखरा -८ का ५७, ५८ र ६४ वर्षीया महिला सहित ४३, ६८ र ३० वर्षीय पुरुष, पोखरा -९ का २८, ३२ र ४९ वर्षीया महिला र २९ वर्षीय पुरुष, पोखरा -११ का ४० वर्षीया महिला र ३३ वर्षीय पुरुष, पोखरा -१२ का ६६ वर्षीया महिला र ४१ र ४६ वर्षीय पुरुष, पोखरा -१३ का ३८ वर्षीया महिला र ८० र ३३ वर्षीय पुरुष, पोखरा -१५ का ४१, ४४ र ४५ वर्षीया महिला, पोखरा -२२ का ६० वर्षीय पुरुष, पोखरा -२३ का ४१ वर्षीय पुरुष, पोखरा -२६ का २७ वर्षीय पुरुष, पोखरा -२९ का २६ र ८६ वर्षीय पुरुष र ३२ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै निर्देशनालयको चौथो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिका १८ जना र रुपा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा वडा नखुलेको विभिन्न उमेर समुहका पुरुष ७ जना, पोखरा -८ का १ जना, पोखरा -१६ का २ जना, पोखरा -१७ का १ जना, पोखरा -९ का महिला पुरुष गरी ४ जना, पोखरा -१४ का १ जना र रुपा गाउँपालिका वडा नखुलेको महिला पुरुष गरी २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै पाँचौं विज्ञप्ति अनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -३ का २४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds