कोरोनाबाट अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय पुरुषको मृत्यु

death body corona

पोखरा – कोरोना संक्रमणका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

गत कार्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालको आइसियुमा भर्ना भएका अन्नपूर्ण गाउँपालिका वडा नं -३ निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती ११:३० बजे मृत्यु भएको अस्पतालका निर्देशंक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

न्यूमोनिया लगायतको समस्याबाट पीडित उक्त पुरुषको मृत्युसंगै प्रतिष्ठानको कोरोना केन्द्रमा उपचारका क्रममा ज्यान गुमाउनेमा उनी २४ औं संक्रमित रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds