पोखरामा अहिलेसम्मकै सर्वाधिक २८० सहित कास्कीका २८३ जनामा कोरोना पुष्टि

पोखरामा अहिलेसम्मकै सर्वाधिक २८० सहित कास्कीका २८३ जनामा कोरोना पुष्टि

123276699_195570368617415_7673382082650029116_n

पोखरा – केही दिनयता पोखरामा कोरोना भाईरसको महामारी भयावह बन्दै गइरहेको छ । पछिल्लो समय पोखराका सरकारी तथा निजी अस्पताल संक्रमित व्यक्तिले भरिएपछि अहिले अस्पतालमा वेड पाउनै मुस्किल छ । संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला आइतबार पोखरा महानगरमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालयद्वारा आइतबार जारी पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौँ र आठौँ विज्ञप्तिमा क्रमसः ६, ३२, ४३, १८, १, ५६, ८७ र ३७ गरी जम्मा २८० जनामा कोरोना पुष्टि भएको छ । भने, कास्कीको रुपा गाउँपालिकाका २ जना र मादी गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

कास्कीमा मात्रै आइतबार जम्मा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -५ का २८ वर्षीय पुरुष, पोखरा -९ का ४१ वर्षीय पुरुष, पोखरा -११ का ४३ वर्षीय पुरुष, पोखरा -१३ का २५ र ५० वर्षीया महिला र वडा नखुलेको २६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ३२ जनामा संक्रमण देखिएको छ ।

संक्रमितहरु वडा नखुलेको ३५ वर्षीय पुरुष र एक महिला, पोखरा -३ का २६ वर्षीया महिला, पोखरा – ५ का ३१ र २६ वर्षीया महिला, पोखरा -६ का २९ र २३ वर्षीय पुरुषका साथै २२ र ३६ वर्षीया महिला, पोखरा – ७ का ५० वर्षीया महिला, पोखरा -१० का ३४ वर्षीया महिला, पोखरा -११ का ४३, ६५, ४३ र ४० वर्षीय पुरुष, पोखरा -१२ का ५३ वर्षीय पुरुष, पोखरा -१३ का ४६ वर्षीय पुरुष, पोखरा -१५ का ३७, ६३ र ५२ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै अन्य संक्रमितमा पोखरा -१६ का २८ वर्षीय पुरुष, पोखरा- १७ का ६२ वर्षीय पुरुष, पोखरा -१९ का ४५ वर्षीय पुरुष, पोखरा -२६ का ३० वर्षीया महिला र २१, ३५, ३५, ३७, ४२, ४२ र ४३ वर्षीय पुरुष र पोखरा ३१ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै तेस्रो विज्ञप्तिमा पोखराका थप ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोष्टिक प्रा.लिमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नखुलेको ४१, ४२ र ४६ वर्षका पुरुष र एक ४५ वर्षीया महिला, पोखरा -२ का ६५ वर्षीया महिला, पोखरा – ४ का ४६ वर्षीया महिला, पोखरा – ५ का २१ वर्षीय युवक, पोखरा -६ का ६४, २५ र ४३ वर्षीय पुरुषका साथै २५ वर्षीय महिला, पोखरा -७ का ३१ र ६२ वर्षिया महिला र ६८ वर्षीय पुरुष, पोखरा -८ का ५७, ५८ र ६४ वर्षीया महिला सहित ४३, ६८ र ३० वर्षीय पुरुष, पोखरा -९ का २८, ३२ र ४९ वर्षीया महिला र २९ वर्षीय पुरुष, पोखरा -११ का ४० वर्षीया महिला र ३३ वर्षीय पुरुष, पोखरा -१२ का ६६ वर्षीया महिला र ४१ र ४६ वर्षीय पुरुष, पोखरा -१३ का ३८ वर्षीया महिला र ८० र ३३ वर्षीय पुरुष, पोखरा -१५ का ४१, ४४ र ४५ वर्षीया महिला, पोखरा -२२ का ६० वर्षीय पुरुष, पोखरा -२३ का ४१ वर्षीय पुरुष, पोखरा -२६ का २७ वर्षीय पुरुष, पोखरा -२९ का २६ र ८६ वर्षीय पुरुष र ३२ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै निर्देशनालयको चौथो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिका १८ जना र रुपा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा वडा नखुलेको विभिन्न उमेर समुहका पुरुष ७ जना, पोखरा -८ का १ जना, पोखरा -१६ का २ जना, पोखरा -१७ का १ जना, पोखरा -९ का महिला पुरुष गरी ४ जना, पोखरा -१४ का १ जना र रुपा गाउँपालिका वडा नखुलेको महिला पुरुष गरी २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै पाँचौं विज्ञप्ति अनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -३ का २४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा जनाइएको छ ।

छैठौं विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रा.लिमा गरिएको परीक्षणमा पोखरा महानगरका ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति पोखराका वडा नखुलेको विभिन्न उमेर समुहका पुरुष ९ जना र महिला ६ जना, पोखरा -१ का १ जना, पोखरा -२ का ४ जना, पोखरा -३ का ३ जना, पोखरा -५ का १० जना, पोखरा -७ का १ जना, पोखरा -८ का ८ जना, पोखरा -९ का २ जना, पोखरा -१० का १ जना, पोखरा -१२ का १ जना, पोखरा -१४ का १ जना, पोखरा -१५ का १ जना, पोखरा -१६ का १ जना, पोखरा -१९ का २ जना, पोखरा -२१ का ७ महिने शिशु सहित २ जना, पोखरा -२५ का १ जना, पोखरा -२९ का १ जना र पोखरा -३२ का १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सातौँ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरका थप ८३ सहित कास्कीमा ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा आस्था अस्पतालका २ जना, फेवासिटी अस्पतालका ८ जना, जिएमसी अस्पतालका ५ जना, मेट्रोसिटी अस्पतालका १ जना, पश्चिमान्चल सामुदायिक अस्पतालका २ जना, संक्रामक तथा सरुवा रोग अस्पतालका ५ जनामा कोरोना पुष्टि भएको छ ।   

यस्तै कास्कीको मादी गाउँपालिकाका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भने, पोखरा महानगरका वडा नं -१ का २ जना, पोखरा -४ का ५ जना, पोखरा -५ का ४ जना, पोखरा -७ का ८ जना, पोखरा -८ का २ जना, पोखरा -९ का १ जना, पोखरा -१० का १ जना, पोखरा -१३ का २ जना, पोखरा -१४ का २ जना, पोखरा -१५ का २ जना, पोखरा -१६ का ३ जना, पोखरा -१७ का २ जना, पोखरा -१८ का २ जना, पोखरा -२० का ४ जना,पोखरा -२६ का २ जना, पोखरा -२७ का ८ जना, पोखरा -२९ का ९ जना, पोखरा -३० का २ जना र पोखरा -३३ का ३ जना गरी पोखराका ८३ सहित कास्कीका ८८ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै निर्देशनालयद्वारा जारी आठौँ विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरको वडा नखुलेको २ जना, पोखरा -१ का १जना, पोखरा -२ का १ जना, रा -४ का २    जना, पोखरा -५ का ४ जना, पोखरा – ६ का १ जना, पोखरा -७ का १ जना, पोखरा -९ का ३ जना, पोखरा -१० का ११ जना, पोखरा -१२ का १ जना, पोखरा -१४ का १ जना, पोखरा -१५ का १ जना, पोखरा -१७ का २ जना, पोखरा -२८ का -१ जना, पोखरा -३० का २ जना, पोखरा -३२ का २ जना र पोखरा -३३ का १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds