पैसा तिर्न नसक्दा संक्रमितको शव तीन दिनदेखि अस्पतालमै

पैसा तिर्न नसक्दा संक्रमितको शव तीन दिनदेखि अस्पतालमै

birat medical college

विराटनगर । पैसा नतिरेको भन्दै विराट मेडिकल कलेजले कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन ।

शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालमै छ। उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको आफन्तले बताएका छन् ।

संक्रमित ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

उनका अनुसार अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको उनले बताइन् ।

अस्पतालले उपचारमा लागेको खर्चमा केही छुट दिएको छ । अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनले गुनासो गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ