पछिल्लो २४ घन्टामा २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

Untitled

काठमाण्डौ – पछिल्लो २४ घन्टामा देशभरका २९३३ जनामा कोरोना पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा थप २९३३ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आरटीपीसीआर परीक्षण १३ हजार ४ सय ४६ जनामा गरिएको थियो

यस्तै पछिल्लो २४ घन्टामा ३१५० जना संक्रमण मुक्त भएका छन् । भने, कोरोना संक्रमणकै कारण २४ जनाले ज्यान गुमाएका छन्

यो संगै, नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । भने, संक्रमणकै कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ