नेपाल-भारत सीमाबारे विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न माग गर्दै पोखरामा सोमबार शान्तिपूर्ण धर्ना दिइएको छ । नेपाल र नेपाली जनताको अपमान गर्ने भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रम्रण रोक्न माग गर्दै संयुक्त देशभक्त मोर्चाले सोमबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएको हो ।
पूर्वाह्न ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना दिइएको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले जानकारी दिए । मोर्चाले सरकारसँग भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण रोक्न माग गर्दै आएको छ ।
धर्नामा बसेकाहरुले नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षको भ्रमण रद्ध गर, भारतीय सेनाध्यक्षलाई सम्मान गर्ने परम्परा खारेज गर, नेपाल र नेपालीको अपमान गर्ने भारतीय सेनाध्यक्षलाई शीतल निवासमा स्वागत किन ?, भारतीय सेना कालापानी तुरुन्तै छाडोडलगायतका नाराहरु लेखिएका प्लेकार्ड तथा ब्यानरहरु बोकेका थिए ।

विवादित अभिव्यक्ति दिने व्यक्तिलाई नेपाल भ्रमण गर्न दिन नहुने मोर्चाको धारणा रहेको छ । नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिन पनि मोर्चाले माग गरेको छ ।
धर्ना कार्यक्रमको अन्त्यमा मोर्चाका संयोजक तथा बरिष्ठ अधिवक्ता तीलक पराजुलीले भारतीय हस्तक्षेपका कारण देश अप्ठेरोमा परेका बेला राज्यलाई दवाब दिन सहभागि भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाई दिएकोमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
मोर्चाका प्रवक्ता पौडेलले कालापानी, लिम्पीयाधुरा र लिपुलेकबारे नेपाल कसैको ईशारामा चलिरहेको भारतीय सेनाध्यक्ष नरवणेको अभिव्यक्ति निन्दनीय लज्जास्पद भएको उल्लेख गर्दै त्यस्तालाई नेपाल भ्रमण गर्न दिन नहुनेमा मोर्चा रहेको बताए । साथै, मोर्चाले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जासमेत नदिनसमेत माग गरेको छ । मोर्चाले विवादकाबीच नरवणेलाई सम्मान दिनू नेपाली जनता र नेपालको हितमा नरहेको बताएको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले यहि कात्तिक १९ गतेदेखि २१ ग्तेसम्म ३ दिने नेपाल भ्रमण गर्दैछन् । नेपाल भ्रमणका बेला भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिईने जनाइएको छ । उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ । नेपाल, भारतका सेनापति र सेनाध्यक्षको भ्रमणमा यस्तो पदवी दिने परम्परा छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन