पोखरा – गण्डकीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको मंगलबार अद्यावधिक तीनवटा विज्ञप्ति अनुसार प्रदेशका ७ जिलाका ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कास्कीका ५२, बाग्लुङका १३, नवलपुरका ३, तनहुँका २१, मुस्ताङका ३, स्याङ्गजाका ३ र लमजुङ जिल्लाका २ जना छन् ।
निर्देशनालयको पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नं – १ का ९ जना, भानु नगरपालिका वडा नं – २ का ३ जना र वडा नं -७ का ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं -४ का १ जना र वडा नं -७ का २ जनामा संक्रमण देखिएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं -६ का १ जना, र -७ का १ जनाका साथै मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका -३ का १ जना र थासाङ गाउँपालिकाका -१ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यस्तै निर्देशनालयको दोस्रो विज्ञप्तिमा गण्डकी प्रदेशका थप ५० जनामा संक्रमण पुष्टि भएको छ । लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका विभिन्न वडाका पुरुष र महिला गरी ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै दोस्रो विज्ञप्तिमा नै मुस्ताङको चराङ -२ मा १ जना, स्याङ्गजाको भिरकोट नगरपालिका -७ मा १ जना, वालिङ नगरपालिका -१ र ९ मा १ /१ गरी २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँको भिमाद नगरपालिका -४ का १ जना र ब्यास नगरपालिका -५ का १ जनामा पनि संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै निर्देशनालयको तेस्रो विज्ञप्तिमा गण्डकीमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका -३ का १ जना र बाग्लुङ नगरपालिका -२ का २ जना र वडा नखुलेको ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका आर टिसीमा कार्यरत १ जना, आस्था अस्पतालका ४ जना, चरक अस्पतालका १ जना र कास्कीको मादी गाउँपालिका वडा नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यता नवलपुरको कावासोती नगरपालिकाका वडा नखुलेका ३ जना र तनहुँको बन्दीपुर गाउँपालिकाका वडा नखुलेका ४ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७ हजार ९ सय ६० पुगेको छ ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?