भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन्। रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएको छ।
अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।
अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआईडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।
राज्यका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए।
उनका अनुसार यसै कारणले डिजाइनर र उनकी आमाले आत्महत्या गर्न बाध्य भएका हुन्। अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।
रिपब्लिक टिभीले आरोपलाई खारेज गरेको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ