पोखराका १७९ सहित गण्डकीमा थप २६४ जनामा कोरोना पुष्टि

पोखराका १७९ सहित गण्डकीमा थप २६४ जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा – बुधबार गण्डकीमा थप २६४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज अद्यावधिक छवटा विज्ञप्ति अनुसार प्रदेशका आठ जिल्लाका थप २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका जिल्लामा कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, पर्वत, स्याङ्गजा र म्याग्दी छन् । जसमा क्रमसः १७९, १९, ३, ८, १८, २, २२ र १३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८ हजार २ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds