पोखरामा आज पनि ५ जनाको मृत्यु पुष्टि, तनहुँ र स्याङ्जासमेत गरी प्रदेशमा ७ जना मृतक थप

पोखरामा आज पनि ५ जनाको मृत्यु पुष्टि, तनहुँ र स्याङ्जासमेत गरी प्रदेशमा ७ जना मृतक थप

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – कोरोना संक्रमणका कारण बुधबार पनि पोखरा महानगरका ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  हिजो मंगलबार पनि पोखराका ५ जनाको मृत्यु पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालयको सातौँ अनुसार विज्ञप्ति अनुसार पोखरा महानगरका ५ सहित ६ जनाको मृत्यु पुष्टि भएको छ । यसपछि पनि स्याङ्जाका पुरुषको पोखरामा मृत्यु भएको पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नं – ३२ का ४२ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार राती ११:०० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।  महिला गत कार्तिक १६ गते कोरोना पुष्टि भई अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, पोखरा महानगरपालिका वडा नं -२६ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान ७:२५ बजे मृत्यु भएको छ ।गत कार्तिक १५ गते कोरोना पुष्टि भई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं -२५ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । गत कार्तिक १५ गते कोरोना पुष्टि भई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत निमोनियाबाट पीडित उनको बुधबार बिहान ७:३५ बजे मृत्यु भएको हो ।

यस्तै, पोखरा -१६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मंगलबार राती चरक मेमोरियल अस्पतालमा ११:०० बजे मृत्यु भएको छ । उनी गत कार्तिक १५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

पोखरा महानगरपालिका -१६ का २८ वर्षीय कोरोना संक्रमित युवकको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । गत कार्तिक १६ गते कोरोना पुष्टि भई अस्पताल भर्ना भएका उनको मंगलबार बिहान १०: ४५ बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं -४ का ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत कार्तिक १३ गते कोरोना पुष्टि भइ चरक मेमोरियल अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बुधबार दिउँसो १२:४५ बजे मृत्यु भएको हो ।

स्याङ्जाका पुरुषको पोखरामा मृत्यु भएको पुष्टि भएको छ । फेदीखोलाका ७५ वर्षीय संक्रमित पुरुषको मंगलबार बेलुकी साढे ६ बजे निधन भएको हो ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ ।

  • अद्यावधिक गरिएको

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds