पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ घाइते

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ घाइते

road-construction

file photo

कमला राना – पूर्वी नवलपुरको बुलिङटार गाउंपालिका स्थित कालिगण्डकी करिडोरमा काम गर्ने क्रममा बुधबार सांझ सुख्खा पहिरोले पुरिंदा ५ जनाको मृत्यु भएको छ ।

बुलिङटार गाउपालिका वडा नम्बर ३ स्थित खसुवा भन्ने स्थानमा कालीगण्डकी करिडोरको बाटोमा कामदारहरुले जाली भर्ने क्रममा अचानक माथिबाट सुख्खा पहिरो खस्न गइ सातजना पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पहिरोले पुरिएका सात जना मध्य दुई जनालाइ जिवितै उद्दार गरिएको र अन्य पांच जनाको मृत्यु भएकोे छ ।
मृत्यु हुनेमा बुलिङटार गाउपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय गोपाल गरञ्जा, सोही स्थान बस्ने अन्दाजी ४३ वर्षीय सुन बहादुर पुलामी, २० वर्षीय तारा बहादुर लुगेली, २० वर्षीय चेत बहादुर अस्लामी र अन्दाजी २९ वर्षीय तुल बहादुुर सारु रहेका छन ।

यस्तै बुलिङटार गाउपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय केवल सिहं लुगेली र २१ वर्षीय कृृष्ण सिंह लुगेलीलाइ जिवितै उद्दार गरिएको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ