पोखरा – विहीवार गण्डकी प्रदेशका थप २७९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी विहीवारको विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कूल ९०३ वटा परीक्षणमा २७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
संक्रमितहरु प्रदेशका आठ जिल्लाका छन् । जसमा कास्कीमा १३३, तनहुँमा १३, गोरखामा ४ जना, लमजुङमा २, नवलपुरमा १०९, स्याङ्गजामा २, पर्वतमा १४ र वाग्लुङका २ जना गरी कूल २७९ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीमा पुष्टि भएका संक्रमित मध्ये ३ जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने, अन्य १३० जना संक्रमित पोखरा महानगरका हुन् ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ५ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीमा १४५ जना संक्रमण मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८०२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामै गण्डकीमा एक जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना