कास्कीका १३३ सहित गण्डकीमा थप २७९ जनामा कोरोना पुष्टि

कास्कीका १३३ सहित गण्डकीमा थप २७९ जनामा कोरोना पुष्टि

Gandaki covid corona 5

पोखरा – विहीवार गण्डकी प्रदेशका थप २७९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा जारी विहीवारको विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोष्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कूल ९०३ वटा परीक्षणमा २७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमितहरु प्रदेशका आठ जिल्लाका छन् । जसमा कास्कीमा १३३, तनहुँमा १३, गोरखामा ४ जना,  लमजुङमा २, नवलपुरमा १०९, स्याङ्गजामा २, पर्वतमा १४ र वाग्लुङका २ जना गरी कूल २७९ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कास्कीमा पुष्टि भएका संक्रमित मध्ये ३ जना अन्नपूर्ण गाउँपालिकाका हुन् भने, अन्य १३० जना संक्रमित पोखरा महानगरका हुन् ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ५ सय ४३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीमा १४५ जना संक्रमण मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८०२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै गण्डकीमा एक जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds