तनहुँ । जेसीआई व्यासनगरले तनहुँको व्यास-५ मा रहेको परोपकार जेष्ठ नागरिक चौतारी पराशर आश्रममा आवश्यक सामग्री सहयोग गरेको छ । क्लबले स्पिकर, मादल, खैजडी र झुर्मा सहयोग गरेको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।
जेष्ठ नागरिकलाई जुन जुन आवश्यक परेको थियो सोही अनुसार सहयोग गरेको अध्य्क्ष श्रेष्ठले जानकारी दिए ।
जेसीज सप्ताहन्तको पहिलो दिन क्लबले उद्घाटन संगै सहयोग कार्याक्रम गरेको कार्यक्रम संयोजक अनिल श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथि व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।
उक्त सामाग्रीको सहयोग व्यास-२ का मोहन पन्त (हाल अमेरिका)ले गरेका हुन् । साप्ताहन्तका मुल संयोजक इन्द्रलाल श्रेष्ठले कार्यक्रमको बारेमा बोलेका थिए ।
कार्यरमामा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ, रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जिवन श्रेष्ठ, क्लबका पुर्वअध्यक्षद्वय पविन्द्र श्रेष्ठ, सुरेश पुरी, परोपकार जेष्ठ नागरिक चौतारीका अध्यक्ष तारानाथ घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत अनिल श्रेष्ठले र संचालन गणेश थापाले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण