तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा देउसीभैलो खेल्न मनाही गरेको छ ।
कोभिड–१९ को संक्रमण दैनिक बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसवर्षको तिहार देउसीभैलो खेल्न मनाही गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
आफ्नै घर परिवारमा मात्रै सिमित रहेर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ ।
जिल्लाबासीलाई अत्यावश्यक परेर निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
मादकपदार्थ सेवान गरी अनावश्यक होहल्ला नगर्न, जुवातास नखेल्न र भिडभाड नगराउन प्रशासनले आग्रह गरेको छ ।
भौतिक दुरी, साबुनपानीले पटकपटक हात धुन र स्वास्थ्य मापदण्ड पालन गर्न प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।
उद्योग तथा व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको नियम पालना गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।
उक्त नियमहरु उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सुरक्षा व्यवस्थामा कडाइ
तिहाइ लगाएतका पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।
जिल्लामा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।
विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए
बिहिबारदेखि सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको उनले जानकारी दिए ।
जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’