पोखरा – शनिबार गण्डकीमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टाको कूल ९३८ परीक्षण मध्ये २७८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयद्वारा आज जारी पांचवटा विज्ञप्ति अनुसार प्रदेशका ८ जिल्लाका थप २७८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्गजा, पर्वत र बाग्लुङ जिल्लाका छन् ।
क्षयरोग उपचार केन्द्र, लाईफ केयर डाईग्नोष्टिक प्रालि, स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा गरिएको परीक्षणमा कास्कीको पोखरामा सबैभन्दा धेरै १८६ जना, तनहुँमा २८ जना, गोरखामा ३१ जना, लमजुङमा १० जना, नवलपुरमा ६ जना, स्याङ्गजामा ५ जना, पर्वतमा २ जना र बाग्लुङका १० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै २४ घन्टामा गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ पुगेको छ । यो संगै, हालसम्म संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४ हजार ८ सय ५२ पुगेको छ ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९०१७ पुगेको छ । भने, संक्रमणकै कारण पछिल्लो २४ घन्टामा प्रदेशमा ३ जनाले ज्यान गुमाएका छन् । यो संगै, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।






सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला