मानहुँकोटमा सुटिङ भएको रमेश र रबिताको मगर भाषाको ‘डिस्या र डी लख’ गीत सार्वजनिक

मानहुँकोटमा सुटिङ भएको रमेश र रबिताको मगर भाषाको ‘डिस्या र डी लख’ गीत सार्वजनिक

Screenshot_20201109_200618

तनहुँ । पछिल्लो समय नेपाली भाषाको अलवा विभिन्न भाषाभाषीको गीतले समेत राम्रो बजार पाउन थालेका छन् । त्यसैले पनि विभिन्न भाषा भाषीको गीत निस्कने क्रम बढ्दो छ ।

यस्तैमा रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत गीतमा छ ।

फिल्मका अभिनेता रमेश बाबु थापा मगरसँगै मोडल रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गीतमा सुहाएको देख्न सकिन्छ ।

भिडियोमा आर्यन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ ।

उक्त गीतको भिडियो तनहुँको व्यास-५ मानहुँकोटमा सुटिङ गरिएको हो । अहिले देश तथा विदेशसम्म मानहुँकोटको चर्चा रहेकोे छ ।

बिपि फिल्म नेपालबाट निर्माण भएको यो गीतको भिडियो करन चैसिरले खिचेका हुन् भने प्रबिन भटट्ले सम्पादन गरेका छन् ।

सर्जन थापा मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन् ।

गीतमा सबटाइटलमा समेत राखेर ल्याइएको छ ।

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ