तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध र भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।
सोमबार जिल्लाको शुक्लागण्डकी-२ हलेदी स्थितमा लागुऔषध कारोवार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको प्रहरी टोलिले शुक्लागण्डकी-२ शेरा बस्ने वर्ष ३० को मनोज क्षेत्रीलाई पक्राउ गरेको छ ।
त्यस्तै गोरखाको साबिक आरूपोखरीथोक गाविस ४ स्थायी घर भई हाल शुक्लागण्डकी-५ बस्ने वर्ष ३० को रबि गुरूङ र व्यास-४ दमौली बस्ने वर्ष २१ का सन्तोष गुरूङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनिहरूको साथबाट डाईजेपाम, नुर्फिन, फेनेरागन गरी कुल २८६ वटा एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त घटनामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने वर्ष ६० को टुक बहादुर थापाले अवैध रुपमा हातहतियार साथमा लिई हिंडी रहेको भन्ने गोप्य सुचनाको आधारमा सोमबार भरुवा बन्दुक हातमा लिई हिडँडुल गरिरहेको अवस्थामा उनलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै सोमबार जिल्लाको व्यास-१० डिगाउँ स्थित लक्ष्मी परियारको घरमा सोही स्थान बस्ने ३० वर्षीय मनोज सुनारले अबैध रूपमा शिशौको काठ राखेको सुचनाका आधारमा प्रहरी टोली खटी लक्ष्मी परियारको घर गोठ खानतलासी गर्दाअबैध रूपमा राखिएको शिशौको एघार थान चिरूवा फेन्टा १९।०४ क्युफिट काठ बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त काठ डिभिजन वन कार्यालय दमौली तनहुँमा बुझाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन