रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको कोरोनाले मृत्यु पुष्टि

रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको कोरोनाले मृत्यु पुष्टि

death body corona

पोखरा – कास्की रुपा गाउँपालिकाका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २४ गते कोरोना संक्रमण भई स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका रुपा गाउँपालिका -५ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा बुधबार बिहान ८:३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

मृतक वृद्धमा निमोनिया र मृगौलाको समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds