पोखरामा महिलालाई बन्धक बनाई जबर्जस्ती बेश्याबृतिमा संग्लग्न गराउन खोज्ने ३ जना पक्राउ

पोखरामा महिलालाई बन्धक बनाई जबर्जस्ती बेश्याबृतिमा संग्लग्न गराउन खोज्ने ३ जना पक्राउ

Untitled

पोखरा – विभिन्न प्रलोभनमा पारी पोखराको लेकसाइडमा राखेर जबर्जस्ती बेश्याबृतिमा संग्लग्न गराउन खोज्ने तीनजनालाई कास्की प्रहरीले गएको बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका -४ वगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ, कास्कीको मादी गाउँपालिका वडा नं -१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली र काभ्रे जिल्ला पाँचखाल -४ तामाघाट घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उनीहरुले दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि बिदेश पठाइदिने र आवश्यक रकम समेत आफुहरुले नै दिने भन्दै प्रलोभनमा पारेर पोखरा महानगरपालिका -६ लेकसाइड स्थित एक होटलको कोठामा बन्धक बनाएर राखेका थिए ।

घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बन्धक बनाईएका महिलाहरुलाई शारिरीक तथा मानसिक यातना दिएर बेश्याबृतिमा संलग्न गराउने उदेश्यले मोलमोलाई गर्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको हो  ।

पक्राउमा परेका उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको प्रवक्ता हमालले जानकारी दिए

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ