पोखरा – कोरोना संक्रमणका कारण शनिबार थप पाँच जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका चार सहित थप एक जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१४ निवासी ६३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान १:५५ बजे मृत्यु भएको थियो । गत कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भई उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उनमा सुगर रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै पोखरा -१५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी उनको बिहीबार बेलुका ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पोखरा -२६ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको छ । बिहीबार कोरोना संक्रमण देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै पोखरा -१८ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९:३० बजे मृत्यु पुष्टि भएको छ।
गत कार्तिक २६ गते कोरोना संक्रमण देखिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पताले विज्ञप्ति मार्फत जनाएको छ ।
उता स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१४ का २४ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु पुष्टि भएको छ ।
गत कार्तिक २७ गते बिहीबार कोरोना संक्रमण देखिएर गण्डकी मेडिकल कलेज भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी सुगरका विरामी थिए ।
आज पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)