गोरखामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने

गोरखामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने

madira-alcohal

गोरखा – जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पु¥याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो ।

निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताए । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न÷नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न उहाँले सबैलाई अपिलसमेत गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ