म्याग्दीको बेनीबाट कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ

म्याग्दीको बेनीबाट कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ

bharuwa-banduk

सांकेतिक तस्विर

म्याग्दी – सदरमुकाम बेनी नगरपालिका वडा नं – ४ बाट प्रहरीले हतियार र कालिजसहित ५ शिकारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी – ४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङ रहेका छन्

वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले रातको समयमा थामडाँडाको अर्जे खोलाको जंगलमा आइतबार राति कालिज र एक थान एक नाले भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ

प्रहरी हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ