तनहुँ । तनहुँको मानहुँकोटमा माइक्रो हायस दुर्घटना भएको छ ।
दुर्घटनामा परी उक्त हायसमा सवार एक युवतीको मृत्यु भएको छ भने घटनामा अन्य ८ जना घाइते भएका छन् ।
पोखराबाट तनहुँको व्यास-५ स्थित मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीय सुनिता गुरुङको मृत्यु भएको हो ।
गुरुङको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट मानहुँकोट भ्रमणका लागि गएको हायस उकालोमा आफै ब्याक भएर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गण्डक न्युजलाई जानकारी दिए ।
प्रनाउ तिमिल्सिनाका अनुसार हाइसमा १५ जना सवार रहेपनि गाडी ब्याक हुन थालेपछि अन्य केही गाडीबाट झरेको र झर्न नभ्याएका ९ जना मध्ये एकको मृत्यु भएको हो ।
घाइते २ जनाको अवस्था मध्यम रहेपनि अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।
घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको छ ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण